आदर्श सुशिल
दलदले । बिभिन्न ठाउँमा भेटिएका बमका कारण नवलपुरको जनजीवन बिहानै देखि आतंकित बनिरहेको छ । बिहानै गैडाकोटमा र दिउँसो कावासोतीमा बम फेला परेपछि स्थानीय त्रसित बनेका हुन् । यसैक्रममा देवचुलीमा फेला परेको बम नेपाली सेनाद्धारा डिष्पोज गरेको छ । देवचुली १३ दलदलेको देवचुली अस्पताल अगाडी कल्भर्टमा दिउँसो करिब ३ बजे तिर शंकास्पद झोला देखिए पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम डिष्पोज गर्न आएको नेपाली सेनाको बम डिस्पोजल प्राविधिक टोलीले करिब ४ बजेर १० मिनेटमा बम डिष्पोज गरेको हो । शंकास्पद झोलामा ल्यापटप सहित केहि विस्फोटक पदार्थ जडान गरिएको दलदलेका प्रहरी प्रमुख प्रहरी साहेक निरीक्षक नरेन्द्र बिकले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१