दयाराम आचार्य
कावासोती । भुकम्पबाट क्षती पुगेका निजी आवास पुनर्निमाणको काम नवलपरासीमा ५४ प्रतिशत सम्पन्न भएको छ । नवलपरासी पूर्व र पश्चिममा गरि क्षती पुगेका ५४ प्रतिशत घर निर्माण सम्पन्न गरि तेश्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख राजेन्द्र कार्कीले बताए । प्रमुख कार्कीका अनुसार नवलपरासी जिल्लामा भुकम्पका कारण आठ सय बहत्तर घरमा क्षती पुगेको थियो जसमध्य ४ सय ६८ जनाले घर निर्माण सम्पन्न गरि सकेका छन् । भुकम्पबाट क्षती पुगेका घरधनी मध्य ८७ प्रतिशतले दोश्रो किस्ताको रकम बुझेका छन् ।
नवलपरासी जिल्ला पूर्व र पश्चिममा गरि १२ सय १६ जनाले गुनासो दर्ता गरेका छन् । निजि आवास पुनर्निमाण लाभग्राहिको सूचिमा सूचिकृत हुनपा“उ भनी निवेदन दिनेहरुको बिषयमा सर्वेक्षणबाट एकिन गरि कार्यगरिने कार्यालयले जनाएको छ ।
पहिलो चरणमा लाभग्राहिको सूचिमा सूचिकृत दोश्रो किस्ता लिएका धेरै लाभाग्राहीले घर निर्माणको कार्य अन्तिम चरणमा पुर्याएकाले पहिलो चरणको निजि आवास पुनर्निमाणको काम चाडै सम्पन्न हुने कार्यालय प्रमुख कार्कीले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१