
कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको योजना शुरु गरिएको हो ।
‘मैनाघाट खानेपानी योजना’ अन्तर्गत मैनाघाटमा डिप बोरिङ निर्माणको काम सम्पन्न गरिएको छ । १३५ मिटरको गहिराईबाट भूमिगत पानि निकालिएको वडाध्यक्ष अजुर्न पगेंनीले जानकारी दिए । अब खानेपानी वितरणका लागि अन्य ओभरहेड ट्याङ्की निर्माण, पाइप विस्तार, लगायतका कार्य गरिने उनले जानकारी दिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दमौली गण्डकी प्रदेशको रु सात करोड ९१ लाखको लागतमा योजना शुरु गरिएको हो । केन्द्र सरकारले समेत केही बजेट विनियोजन गरेको उनले बताए । दुई वर्षमा योजना सम्पन्न गर्ने गरी काम गरिएको हो । योजना सम्पन्न भएसँगै खानेपानीको समस्या झेल्दै आएका मैनाघाट, दुवाकुन, मगरसिंगालगायत करीब ५०० घरपरिवार लाभान्वित हुने वडाध्यक्ष पगेंनीले जानकारी दिए । रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१