कावासोती। कावसोती नगरपालिका १३ ,गैरीका अग्नि पिडितलाई कावासोती नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । गैरीमा आगलागिबाट घर,गोठ जलेका तीन परिवारलाई राहत स्वरुप नगद प्रदान गरिएको हो । नगरपालिकाको विपद व्यवस्थापन तथा उद्धार कोषमार्फत जनही १५हजारका दरले कुल ४५ हजार रुपैया पिडित परिवारलाई प्रदान गरिएको हो । अग्नि पिडित हर्क बहादुर थापामगर, मिना थापामगर र विन्दु पुन लाई राहत रकम प्रदान गरिएको हो ।
कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले पिडित परिवारलाई राहत रकम प्रदान गर्दै नगरपालिका परिवार घटना प्रति दुखि रहेको बताए । उनले नगरपालिकाको तर्फबाट सक्दो सहयोग समेत प्रदान गर्ने बताए । राहत रकम बितरण कार्यक्रममा उप प्रमुख पे्रम शंकर मर्दनिय, प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवाली, योजना शाखा अधिकृत होमनाथ काफ्ले लगाएतको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१