
ज्ञानु पंगेनी
नवलपुर। नवलपुरको कावासोती नगरपालिका १३ गैरीका आगलागी पीडित परिवारलाई नेकपा वडा कमिटि कावासोती १३ ले सोमवार राहत रकम र खाद्यान्न सहयोग गरेको छ ।
वडा कमिटिको सक्रियतामा वडा बासिहरुबाट संकलित राहत रकम ७५ हजार १ सय ७५ रुपैया आगलागी पीडीत तीन घरपरिवालाई हस्तान्तरण गरिएको हो । आगलागीबाट घरगोठ सबै जलेर नष्ट भएको हर्कवहादुर थापा मगरको परिवारलाई ७० हजार १ सय ७५ रुपैया नगद , ३ क्विन्टल धान , ४ क्विन्टल चामल र १० केजी आलु राहत हस्तान्तरण गरिएको छ । एक्कैठाउमा छुट्टिएर बसेका मगरको दुई दाजुभाईको घरगोठ सबै जलेर नष्ट भएको थियो । उनका बुवालाई एकमुष्ट राहत प्रदान गरिएको हो गोरे तामाङ्गलाई ५ हजार नगद राहत हस्तान्तरण गरिएको छ । उनको गोठ जलेर नष्ट भएको थियो ।
पूर्व सासंद जिवन श्रेष्ठको प्रमुख आतिथ्यता तथा अखिल नेपाल महिला संघ नवलपुरकी अध्यक्ष पदमा जिशी श्रेष्ठको विषेश आतिथ्यतामा हस्तान्तरण कार्यक्रम भएको थियो । यहि चैत ३ गते विद्युत् सर्ट भई आगलागी हुदा उनीहरुको घर गोठ जलेर नष्ट भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१