मलेसियाको एक एरपोर्टमा काम गर्ने कामदारहरु बोकेको गाडी दुर्घटना हुदा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ । हाम्रो संवाददाता तिलोचन गौतम का अनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय एरपोर्ट मा काम गर्ने कामदार बोकेर एरपोर्ट तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो।
एरपोर्ट नजिकै सेपाअङ मा आइतबार साँझ दुर्घटना हुदा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन । नेपाली , बाङ्लादेशि र इन्डोनेशियन कामदार चढेको गाडी एरपोर्ट नजिकै सेपाअङ मा दुर्घटना भएको हो । दुर्घटनामा परि बर्दिया का रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारु को दुर्घटनामापरी मृत्यु भएको छ ।
र अन्य तीन जना ICU मा गम्भीर अबस्थामा उपचाररत रहेका छ्न। अन्य कामदार लाई भने साधारण चोटपटक लागेको छ । घाइतेको मलेसियाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
sidhanepal.comसाभार
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१