• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पश्चिम नवलपरासीमा तराई-मधेश समृद्धि कार्यक्रम कार्यान्वयन, स्थानिय खुसी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १५, आईतबार (४ साल अघि)
    Agriculture_3

    Advertisement

    मोहन पौडेल,

    परासी । मानव विकासको सूचकाङ्कमा तुलनात्मकरूपमा पछाडि परेका स्थानीय तहलाई लक्षित गरी सरकारले यसै वर्षदेखि शुरु गरेको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गतका योजना पश्चिम नवलपरासीमा ढिलो गरी कार्यान्वयनमा आएका छन् ।

    जिल्लाका सातवटै स्थानीय तहमा रु चार करोड ९० लाख बराबरका १३ वटा योजना छन् । ती योजनामा तराई–मधेश समृद्धि कार्यक्रमबाट ९० प्रतिशत र स्थानीय तहबाट १० प्रतिशत लागत साझेदारी रहने गरी कार्यक्रम सञ्चालन गरिएको राष्ट्रियसभा सांसद रामलखन हरिजनले जानकारी दिनुभयो ।

    पश्चिम नवलपरासीमा तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सडक, सामूहिक आवास भवन निर्माण, पूर्वाधार निर्माण, सामुदायिक भवन, हाट बजार व्यवस्थापनलगायतका योजना रहेका छन् ।

    जिल्लाका स्थानीय तहले यो कार्यक्रमका योजना कार्यान्वयनमा चासो नदेखाएको भन्दै आवाज उठिरहेका बेला जिल्लाका सबै स्थानीय तहले ढिलो गरी योजना कार्यान्वयन गर्न थालेका हुन् । दुई वटा योजना परेको रामग्राम नगरपालिकामा एउटा योजना कार्यान्वयनको चरणमा छ भने अर्को योजना प्रक्रियामा छ ।

    नगरपालिकाका इञ्जिनीयर सतिष गुप्ताका अनुसार रामग्राम–१७ को हाट बजारमा भौतिक पूर्वाधार निर्माणको लागि बालेपत्र आह्वान गरिएको छ । यसका लागि केन्द्रबाट रु एक करोड र स्थानीय तहको अनुदान रु १० लाख विनियोजित छ ।

    यसैगरी रामग्राम–१८ स्थित अति विपन्न समुदायका लागि सामूहिक आवास निर्माणको योजनाका लागि जग्गा खोजी भइरहेको नगरपालिकाले जनाएको छ । केन्द्रको रु २५ लाख र स्थानीय तहको रु दुई लाख ५० हजार गरी रु २७ लाख ५० हजारमा निर्माण हुने बहुवर्षीय योजना जग्गा व्यवस्थापनलगत्तै कार्यान्वयनको प्रक्रियामा जाने इञ्जिनीयर गुप्ताले बताउनुभयो ।

    तीन वटा योजना रहेको सुस्ता गाउँपालिकाका योजना पनि कार्यान्वयनमा आएका छन् । यो गाउँपालिकाको वडा नं ५ मा भारतीय सीमादेखि बलिनगर चोकसम्म सडक निर्माण, वडा नं २ मा धर्मशाला निर्माण र वडा नं १ र २ मा मुसहर बस्तीका लागि सामूहिक आवास निर्माणको योजना परेको छ ।

    सडक निर्माणका लागि केन्द्रको रु २५ लाख र स्थानीय तहको दुई लाख ५० हजार लागत सहभागिता रहनेछ भने धर्मशाला निर्माणका लागि केन्द्रको रु ७५ लाख र स्थानीय तहको रु सात लाख ५० हजार तथा सामूहिक आवास निर्माणका लागि केन्द्रको रु ४० लाख र स्थानीय तहको रु चार लाखको लागत सहभागितामा निर्माण हुनेछ । तीनवटै योजना १५ दिन अघिदेखि उपभोक्ता समितिमार्फत् कार्यान्वयन भइरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    यसैगरी सरावल गाउँपालिका–७ मा मदरसा भवन निर्माणका लागि केन्द्रको रु २० लाख र स्थानीय तहको पाँच लाख गरी रु २५ लाख, वडा नं ४ मा सडक कालोपत्रेका लागि केन्द्रको रु २५ लाख र स्थानीय तहको रु दुई लाख ५० हजार, वडा नं ५ मा धनगढवा–फूलबारीया–जीतपुर सडक कालोपत्रेका लागि रु २५ लाख केन्द्रबाट र दुई लाख ५० हजार स्थानीय तहको लागत सहभागितामा निर्माण गर्ने गरी योजना परेको र तीनवटै योजना कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

    प्रतापपुर गाउँपालिकामा परेका दुई योजनामा वडा नं ४ मा सामुदायिक भवन निर्माण र वडा नं ६ र ७ मा सामूहिक मुसहर बस्ती आवास निर्माणको योजना कार्यान्वयनमा आएको छ । सुनवल–१ मा पनि सामुदायिक भवन निर्माण कार्यान्वयनमा छ ।

    बर्दघाट–४ पुर्नबास हाट बजारमा भौतिक पूर्वाधार निर्माणको योजना पनि अघि बढेको छ भने पाल्हीनन्दन गाउँपालिका–१ मा इदगाहा भवन निर्माण पनि शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताउनुभयो ।
    मानव विकासको सूचकाङ्कमा तुलनात्मकरूपमा पछाडि परेका स्थानीय तहलाई लक्षित गरी सरकारले भौतिक पूर्वाधारलगायतका विकासलाई समानुपातिक रूपमा अगाडि बढाउन तराई–मधेशका २१ जिल्लाका २७६ स्थानीय तहमा यस वर्षदेखि तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालनमा आएको हो ।

    सरकारले यसै वर्षदेखि तराई मधेशका जिल्लामा सञ्चालन गरेको ‘तराई मधेश समृद्धि कार्यक्रम’ प्रभावकारी रहेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता बताउनुहुन्छ । कार्यक्रम सफल पार्न आफूहरु लागिरहेको उहाँले बताउनुभयो ।

    राष्ट्रियसभाका सांसद रामलखन हरिजनले जिल्लाका सातवटै स्थानीय तहमा तराई मधेश समृद्धि कार्यक्रमका योजना रहेको तर कार्यान्वयनमा चासो नदेखाएको भन्दै असुन्तुष्टि जनाउनुभएको थियो । तराई–मधेशका नागरिकलाई सार्वजनिक सेवामा पहुँच अभिवृद्धि, आर्थिक सामाजिक रूपमा पछाडि परेका वर्ग र समुदायको जीवनस्तरमा सुधार गर्न सरकारले तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालन गरेको बताएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution