
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिम र पूर्व तथा मध्य पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै बाँकी क्षेत्रको मौसम भने आंशिक बदली हुने जनाइएको छ । पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।
मध्य पहाडी क्षेत्रका एक–दुई ठाउँमा पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अपराहन्न वा साँझ तिर हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
काठमाडौँ उपत्यकामा बुधबार साँझ हावाहुरी चलेको थियो । धुलोका कारण समस्या भएका थियो । बिहीबार पनि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले आग्रह गरेका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१