काठमान्डौं : कैलालीको लम्कीमा ट्रकको ठक्करबाट १९ वर्षकी सुनीता रावलको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा सुनिताको मृत्यु भएको हो । बिहान करिब ९ः३० बजे लम्कि बजारमै क्याम्पसबाट फर्किने क्रममा ट्रकले ठक्कर दिएर दिदीको ज्यान गएपछी उनकी बैनीको चित्कारले सबैलाई भाबविवल बनायो ।
ट्रकले किचेको लाशलाई अँगालो हाल्दै उनि भन्दै थिइन मेरी दिदिले कसैको केहि बिगारेकी थिईनन्, मेरी दिदि लाई मार्नेलाई म छोड्दिन । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी १९ वर्षकी सुनीता बिहान करिव साढे ९ बजे कलेजबाट घर फर्कने समयमा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो । दुर्घटनाको विषयलाई लिएर कैलालीको लम्कीमा स्थानीयहरुले प्रदर्शन गर्दा ७ जना प्रहरीहरु घाइते भएका छन् । घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् ।
उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् । राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए । अहिले पनि लम्कीबजार तनावग्रस्त छ । मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१