कावासोती । अहिले पूर्बि नवलपरासीको कावासोती सहित नवलपुर जिल्ला भरी कै मौसम सफा रहेको छ । आज (शुक्रबार) बिहान ८ बजेको समय देखि आएको भिषण हावाहुरी र पानीको कारण करिब साढे एक घण्टा कावासोती क्षेत्रको जनजिवन प्रभाबित भएको थियो ।
मौसम सफा भएपछि अहिले कावासोती बजारका केही पसल तथा कार्यालयहरु खुलेको छन् । बिहानको समयमा हुरी बतास सहित भारी वर्षा भएपछि नवलपुरका अधिकाँस विद्यालय आज बन्द भएको छ । तर केही बिद्यालयहरु भने सुचारु गरेका छन् । हावाहुरी सहित भारी वर्षा भएपछि सम्भावित दुर्घटनालाई मध्यनजर विद्यालय बन्द गरिएको जनाईएको छ भने केही बिद्यालय मौसम सफा भएपछि सुचारु गरीएको हो । कावासोतीमा आज विहान ८ बजे देखि करिब साढे एक घण्टा हावाहुरीसँगै पानी परेको थियो ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]