बिजय चालिसे
कावासोती । सडक दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको आयोजनामा पाँचौ संयुक्त राष्ट्रसंघीय विश्व सडक सुरक्षा सप्ताह आजदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघ तथा नेपालको सडक सुरक्षासँग सम्बन्धित विभिन्न संघसंस्थाको सहभागितामा सडक सुरक्षा सप्ताह सुरु भएको हो ।
सडक सुरक्षा सप्ताह अन्तर्गत आज जिल्लाको सदरमुकाम कावासोतीमा सचेतना मुलक पर्चा पम्प्लेट वितरण गरिएको छ । पैदल यात्री, सवारी चालकलगायतलाई सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरेर सडक सुरक्षा सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले जानकारी दिनुभयो । उहाका अनुसार आजदेखि सुरु भएको सडक सुरक्षा सप्ताह कार्यक्रम बैशाख २९ गतेसम्म चल्ने छ । एक साताको अवधीमा सवारी दुर्घटना न्युनिकरणका विभिन्न कार्यक्रमहरु हुनेछन् ।
जस अनुसार अन्र्तक्रिया, जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुसंग ट्राफिक सचेतनामुलक कार्यक्रम, सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको सम्झनामा दिप प्रज्वलन लगायतका कार्यक्रम गरिने ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताउनुभयो । एक हप्ते सडक सुरक्षा कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा महत्वपुर्ण भुमिका खेल्ने उहाको विश्वास छ । सडक सुरक्षामा सवारी चालक वर्षैभरि लाग्नुपर्छ भन्दै यो सप्ताहले सवारी दुर्घटना केही कमी ल्याउने भण्डारीले बताउनुभयो । “यो सप्ताहमा सामान्य नागरिकलाई समेत समावेश गछौँ र सडक सुरक्षासम्बन्धी जनचेतना दिन्छौँ उहाँले भन्नुभयो,।” गण्डकी प्रदेशकै सबैभन्दा बढी सवारी दुर्घटना हुने नवलपुर जिल्लामा यस्ता कार्यक्रमले दुर्घटना न्युनिकरणमा थप टेवा पुग्ने रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भरत शर्मा पोखरेलले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, कावासोती नगरपालिका र रोटरी क्लब अब कावासोतीको संयुक्त आयोजनामा दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा पम्प्लेट वितरण गरिएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१