कपिलवस्तुको तौलिहवाकी ६ बर्षिय बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन् ।
हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका-३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ बर्षिय छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो ।
जन्मेको ३ महिना देखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।
नेपालसहित भारतका बिभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । ५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१