• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १९, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार (३ महिना अघि)
    garana-nawalpur-1536x1152

    Advertisement

    नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक प्रतिष्ठानको संख्या २२ हजार ३२१ पुगेको छ । राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय नवलपुरले वैशाख २ गतेदेखी असार ७ गते सम्म संचालन गरेको तथ्याङ्क संकलनका क्रममा जिल्ला भरि २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना गरिएको कार्यालयका सहायक आर्थिक गणना अधिकारी रुद्र अधिकारीले बताउनुभयो ।
    राष्ट्रिय तथ्याङ्क कार्यालयले नवलपुरका लागि २२ हजार १९५ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो । प्रदान गरिएको लक्षभन्दा धेरै आर्थिक प्रष्ठिान गणना गरिएको सहकाय आर्थिक गणना अधिकारी अधिकारीले बताउनुभयो ।
    गणनाको क्रममा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुरेन्ट, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण संकलन गरिएको छ ।
    प्राप्त तथ्याङ्कअनुसार कावासोती नगरपालिकामा सबैभन्दा बढी ६ हजार ६२८ प्रतिष्ठान गणना भएका छन ्। त्यसपछि गैंडाकोट नगरपालिकामा ४ हजार ८२२, देवचुली नगरपालिकामा ३ हजार ६२१, मध्यविन्दु नगरपालिकामा ३ हजार १, विनयी त्रिवेणी गाउँपालिकामा १ हजार ७७९, हुप्सेकोट गाउँपालिकामा १ हजार १६६, बौदीकाली गाउँपालिकामा ७८९ र बुलिङटार गाउँपालिकामा ५१५ प्रतिष्ठानको गणना सम्पन्न भएको छ ।
    आर्थिक गणनाको तथ्याङ्कले नवलपुरमा व्यवसायिक प्रतिष्ठानहरूको संख्या निरन्तर बढिरहेको देखाएको छ । विसं २०७५ मा सञ्चालन गरिएको आर्थिक गणनामा जिल्लाभर १२ हजार ७४५ प्रतिष्ठान रहेका थिए । यसले यो अवधिमा जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग, व्यापार तथा सेवा क्षेत्रको विस्तार भएको देखाएको छ ।
    विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासका शहरी तथा अर्धशहरी क्षेत्रमा व्यापारिक प्रतिष्ठान, होटल तथा पर्यटन व्यवसाय, निर्माण सामग्री, वित्तीय सेवा र अन्य व्यवसायिक गतिविधि बढ्दै गएका कारण प्रतिष्ठानको संख्या वृद्धि भएको देखिएको अधिकारीले बताउनुभयो । जिल्लामा बसाइँसराइ, शहरीकरण तथा पूर्वाधार विकासले समेत आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
    राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणना मुलुकका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानको विवरण संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । यसबाट प्राप्त तथ्याङ्क सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार बन्ने सहायक गणना अधिकारी रुद्र अधिकारीले बताउनुभयो ।
    गणकहरुले फिल्डमा गणना गर्ने कार्य सकिएको र प्रारम्भिक रुपमा जिल्ला भरिको तथ्याङ्क आएको उहाँले बताउनुभयो । तथ्याङ्कहरुको रुजु गर्ने काम यतिबेला चलिरहेको उहाँको भनाई छ । असार अन्तिम साता भित्र गणनाका सबै कार्य सम्पन्न गरि अन्तिम विवरण सार्वजनिक गरिने सहायक गणना अधिकारीले बताउनुभयो । बिवरणमा खासै ठूलो केही फेरबदल नहुने उहाँको भनाई छ । ‘हामीले फिल्डको काम सकेका छौं, अहिले प्राप्त भएको तथ्याङ्को रुजु गर्ने काम चलिरहेको छ, बाँकी काम असारको अन्तिम साता भित्र सक्ने छौं’ उहाँले भन्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution