कावासोती । पूर्बि नवलपरासीको देबचुली २ हमाल चोकमा बस र ट्रक ठक्कर खादा ३ जना महिलाहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपि अर्जुन रानाभाटले बताएका छन् । दुर्घटनामा अन्य १५ जना घाईते भएका छन् । पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना४ख ५२९५ बस र बिपरीत दिशाबाट आउदै गरेको ना २ ख ४८९० ट्रक एक आपसमा ठक्कर खादा उक्त्त दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा गैडाकोट नगरपाली १४ बस्ने ६५ बर्षिय कुमारी सुनारी र सोही ठाँउ बस्ने बर्ष ७० को जमुना मापछन रहेको डिएसपि रानाभाटले बताएका छन् । मृत्यु हुने एक जना महिलाको नाम नखुलेको डिएसपि रानाभाटले बताए । दुर्घटना बिहिबार दिउसो १२ बजेको समयमा भएको थियो ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]