कावासोती । नवलपरासी पूर्बि जिल्ला (नवलपुर)को हुप्सेकोट गाँउपालीकामा रहेको गिरुवारीखोलामा जिल्ला समन्वय समिति (जिसस) र गाँउपालीकाले अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति र गाँउपालीकाले शुक्रबार अनुगमन गरेको हो । ठेक्का लगाईएको गिरुवारी खोलामा अनुगमन गर्दा अबैध रुपमा खोला दोहन गरेको भेटिएको जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्बका प्रमुख चेसराम आलेले बताएका छन् । उनले खोलामा उत्दखनन् गर्न अनुमती दिएको भन्दा ठुलो मात्रमा र धेरै परिमाणमा उत्खनन् गरेको देखिएको बताएका छन् । ठेक्का लगाईएको गिरुवारीखोलामा अबैधरुपमा मेसिनको प्रयोग गरि खोला जन्य पद्दार्थ उत्खनन् गरेको देखिएको जिसस प्रमुख आलेले बताए । यता हुप्सेकोट गाँउपालीकाको अध्यक्ष लक्ष्मी पाण्डेले खोलामा अबैधरुपमा उत्खनन् गरेको पाईएकाले तत्काल काबार्हिको लागी सहयोग गर्न जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रहरीलाई खबर गरेको बताएकी छन् । अहिले हुप्सेकोट सहित जिल्लाको ठेक्का लगाईएको कावासोती र मध्यबिन्दु नगरपालीका साथै बिनयीत्रिबेणी गाँउपालिकाको खोलाहरुमा अबैधरुपमा खोलाको उत्खनन् भएको जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलले बताएका छन् । उनले यस्तो अबैध कार्य रोक्न स्थानिय तहलाई परिपत्र गरेको बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१