बिजय चालिसे
कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै ४ स्थानमा भएका सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । पुर्बपश्चिम राजमार्ग अन्र्तरगत सदरमुकाम कावासोती ८ मा लु १ ख ६७४७ नंबरको ट्रकले ठक्कर दिदा सोही ठाउँका पैदल यात्री ५० बर्षीय बम बहादुर श्रेष्ठको मृत्यु भएको हो । टाउकोमा गम्भिर चोट लागेका श्रेष्ठको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यसैगरी देवचुली नगरपालिका ३ मा ना ६ ख ६५२५ नंबरको ट्रकले भे ९ प २१४६ नंबरको स्कुटरलाई ठक्कर दिदा छोरिको मृत्यु भएको छ भने आमा घाईते भएकि छिन् । दुर्घटनामा सुर्खेतको विरेन्द्रनगर नगरपालिका ६ कि १७ वर्षिय दिया थापाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो भने ३४ वर्षिय आमा नन्दा थापाको सोही अस्पतालमा उपचार भैरहेको प्रहरिले जनाएको छ । ।
यस्तै आज(आईतबार) बिहान ४ः१५ बजे गैडाकोट नगरपालिका १२ को हर्कपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९३५३ नं.को बस अनियन्त्रित भई पल्टिदा बसमा सवार १० जना घाइते भएका छन् । घाइतेहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरिले जनाएको छ ।
यस्तै देवचुली नगरपालिका १४ मा ट्रकले बसलाई ठक्कर दिदा २ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा ना ७ ख ४६४ नंबरको ट्रकले बिग्रीएर रोकि राखेको ना ५ ख ७२४२ नंबरको बसलाई पछाडीबाट ठक्कर दिदा बस चालक सल्यान जिल्लाका ४५ बर्षीय युवराज घर्ति र सोही ठाउँका सहचालक २७ बर्षीय विकुल केसी घाइते भएका छन् । घाईते मध्ये सहचालक केसिको अबस्था गम्भीर रहेको छ । दुबै जनाको पनि पुरानो मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।
तस्बिर फाईल
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१