रवि लामिछानेलाई सम्झेरै इशाले मनाइन् तीज


काठमाडौं । रातो साडी, हरियो पोते अनि घाँटीमा झपक्क छोपिने हार । निधारमा तारा आकारको रातो टीका । लाली ओठमा लाल रंगले सझिएर मुस्कुराउँदा पनि उनीभित्रको पीडा कता कता झल्कन्थ्यो । मुस्कुराउँदै खिचेको तस्बिर फेसबुकमा राखेर उनले तीजको शुभकामना दिएकी छिन् ।

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पूर्व पत्नी इशाले सधैं झैं यसवर्ष पनि पूर्व पतिलाई सम्झदै तीज मनाएकी छिन् । अमेरिका बसेर पनि उनले तीज मनाइन् । तीजको दर खाइन् अनि नेपाली महिलाको तीजको पहिरन लगाएर मनाइन् ।

यसपाली उनको नेपाल आउने तयारी छ । उनले भनिन् , ‘म दशैं अगाडि नेपाल आउँछु ।’ नेपाल आउनुमा दशैं देशमै मनाउने इच्छा रहेको बताइन् । दुई छोरीको पालनपोषण गर्दै आएकी उनी रविलाई भुल्न सकिरहेकी छैनन् । २५ वर्ष लामो दाम्पत्य जीवन गत वर्ष मात्र पूर्णविराम लागेको थियो । यस घटनाले उनमा निकै गहिरो चोट परेको छ । तस्बिरः सामाजिक सञ्जाल

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कोरोनासगँको जम्काभेट !
  • लुम्बिनी प्रदेशकाे नाम र राजधानीसम्बन्धी प्रस्तावमा सही दृष्टिकोण
  • देश, भूगोल, राष्ट्र र राष्ट्रियता
  • निकुञ्ज ऐन संशोधन कि पुर्नलेखनको बहस !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution