सिके राउतको पार्टीबाट अञ्जलीदेवीको उम्मेदवारी


काठमाडौं : गाउँपालिका अध्यक्षमा सिके राउतको पार्टीले दियो उम्मेदवारी दिएको छ । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि सिके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवारी दिएको हो । निर्वाचन अधिकृत कार्यालय पुगेर जनमत पार्टीकी नेतृ अञ्जलीदेवी मण्डलले बुधबार मनोनयन दर्ता गरेकी हुन्। जनमत पार्टीले पहिलोपटक चुनावमा भाग लिन लागेको हो।

संघ र प्रदेशसभा क्षेत्रमा उम्मेदवारी नदिएको जनमत पार्टीले स्थानीय तहको रि’क्त पदमा भने उम्मेदवारी दिने भएको हो । उम्मेदवारी दिने निर्णय केही दिन अघि बसेको केन्द्रीय समिति बैठकबाट पारित भएको थियो।

गत वैशाखमा पिपराका अध्यक्ष विनोदकुमार चौधरीको मृ’त्यु भएपछि रि’क्त पदमा उपनिर्वाचन हुन लागेको हो। राजपाबाट उम्मेदवार बनेका चौधरी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा विजयी भएका थिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • सरकारलाई धन्यवाद , अब सुस्ताको भूमि पनि फिर्ता गराउनुपर्छ : सांसद महत (भिडियो सहित )
  • मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं : बामदेव
  • मन्त्री पद खुस्किएपछि डेरा खोज्दै लालबाबु
  • मन्त्रीबाट हटेपछि गोकर्ण विष्टको प्रतिक्रिया : थप उर्जा र प्रेरणाका साथ बाहिरिएको छु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution