कोरोना भाइरसबाट बिरामी परेका ३२ हजार ४ सय ९५ जना निको भएर घर फर्किए


एजेन्सी, फागुन । ३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् ।

चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपाेर्ट अनुसार हिजाे (बुधबार) मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।

डिस्चार्ज गरिएकालाई विदाई गर्दै अस्पताल, तस्वीर : ग्लोबल टाइम्स
हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेको छ । ७८ हजार ४ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित रहेको बताइएको छ । चीनभन्दा बाहिर पनि ५१ जनाकाे मृत्यु भइसकेकाे छ ।

चीनसहित २० देशमा यो भाइरसको संकेत देखिएका छन् । चीनपछि धैरै कोरोना भाइरस संक्रमण हुने मुलुक दक्षिण कोरिया रहेकाे छ । अहिलेसम्म दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ भने ८ सय ९३ जनामा संक्रमण भएको पुष्टी भएको छ ।

त्यस्तै काेराेना भाइरसबाट इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई-दुई तथा ताइवान र फिलिपिन्समा एक-एक जनाको ज्यान गएको छ ।

विश्वमै तीव्र रूपमा याे भाइरस फैलिरहेकाे बेला चीनकै डाक्टरले काेराेना विरुद्धको ‘भ्याक्सिन’ समेत विकास गरिसका छन् । ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन विकास गरिसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कोरोना संक्रमणबाट इटलीमा एक सय चिकित्सकको मृत्यु
  • भारत–पाकिस्तान भीडन्त कोरोना महामारीमा पनि रोकिएन
  • इटालीमा एकैदिन कोरोना भाइरसले  ८ सय ३७ जनाको मृत्यु
  • लाखौँ सपना बीचमा नै तुहाएर नम्रता सँधैका लागि संसारबाट विदा भइन्
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution