इटालीमा एकैदिन कोरोना भाइरसले  ८ सय ३७ जनाको मृत्यु


एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७ जनाले ज्यान गुमाएका छन् । यो सँगै इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार ५३ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १५ हजार ७ सय २९ जना उपचारपछि निको भएका छन् । ४ हजार २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७७ हजार ६ सय ३५ जना उपचाररत छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution