भारत–पाकिस्तान भीडन्त कोरोना महामारीमा पनि रोकिएन


पाकिस्तानसँगको सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मी ।

नयाँदिल्ली । भारतीय र पाकिस्तानी सैनिकहरु कश्मीरको विवादित क्षेत्रमा दुई वर्षदेखि भीडन्तमा छन् । कोरोना भाइरसको महामारीका बीच पनि उनीहरुको भीडन्त रोकिएको छैन । भारतीय सेनाको तथ्यांक अनुसार गत मार्चमा मात्रै पाकिस्तानी सेनाले ४ सय ११ वटा युद्धविराम उल्लंघनका गतिविधि गरेको थियो । जुन २०१८ देखि सबैभन्दा धेरै हिंसात्मक गतिविधि गरिएको महिनाको रुपमा चिनिएको छ ।
जब कि, भारतीय सेनाले गत वर्ष मार्चमा २ सय ६७ वटा हिंसात्मक गतिविधि गरेको तथयांक थियो । यसैबीच यही बिहीबार पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा भारतीय सेनाको ड्रोनलाई पाकिस्तानी सेनाले खसालेको बताइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार भारतीय ड्रोनको जवाफी हमला पाकिस्तानी फौजबाट भएको थियो । भारतीय सेनाका प्रवक्ताले भने उक्त ड्रोन आफूहरुको नभएको दावी गरेका छन् । भारतीय र पाकिस्तानी सेनाले आपसमा हिंसा मच्चाएको आरोप प्रत्यारोप लगाउँदै आएका छन् । पाकिस्तानी सैनिक अधिकारीहरुले भने भारतीय सेनाले २०२० को सुरुदेखि ७ सय ५ वटा युद्धविराम उल्लंघनका घटना गरेको गरेको रेकर्ड राखेका छन् । भारतीय सेनाले भने २०२० को सुरुदेखि पाकिस्तानी पक्षबाट १ हजार १ सय ९७ वटा युद्धविराम उल्लंघनका घटना भएको जनाएको छ । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार ७ सय ३४ पुगिसकेको छ । साथै १ सय ६६ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा भने ४ हजार ७२ जना संक्रमति भेटिएका छन् । साथै ५८ जनाको मृत्यु भएको छ ।

annapurnapost.comबाट साभार

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • कोरोनासगँको जम्काभेट !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution