
कावासोती । पूर्बि नवलपरासिको बिनयीत्रिबेणीको सर्दिमा रहेको होङ्गशी शिवम् सिमेन्ट प्रालिले बिनयीत्रिबेणी गाउँपालिकालाई ३ लाख रुपौया सहयोग गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा राहत वितरणका लागी होङ्गशी शिवम् सिमेन्ट प्रालिले मंगलबार सहयोग गरेको हो । गाउँपालिकाले संचालन गरेको प्रकोप व्यवस्थापन कोष खातामा ३ लाख रुपौया सहयोग गरेको विनयी त्रिवेणी गाउँपालिकाले जनाएको छ ।