
ठाकुर प्रसाद पाण्डे —
देश भनेको सिमानाले बाधिएको सिमाना सहितको नक्सा अंकितको भूभाग हो । जहा भौगोलिक स्वतन्त्र रुपमा भौतिक अस्तित्व कायम भएको हुन्छ । त्यो देख्न सकिन्छ, पढ्न सकिन्छ र राष्ट्र भएको कुरा नागरिकले अनुभुति गर्ने र गराउने विषय हो । जहाँ नागरिकहरु प्रति सरकार गम्भीर र उत्तरदायि हुनु पर्छ, जुन देशमा नागरिक जतिबेला पनि असुरक्षित महशुस गर्छ भने त्यो नागरिक आधा मरिसकेको हुन्छ । राष्ट्रियता एउटा राजनैतिक, सामाजिक, आर्थिक ढाँचा भित्र समान आकाक्षा राख्दै एक सार्वभौम राज्यमा बस्ने जनताका बिच विद्यमान एकात्मक भावना हो । अर्को शब्दमा एउटै देशमा बस्ने मानिसहरुमा प्रादेशिक अखण्डता देशको भौगोलिक परिवेश, प्राकृतिक शम्साधनको रक्षा प्रति एक समान चिन्ता भाव भावनात्मक एकता साम्प्रदायिक सद्भाव, धार्मिक र सामाजिक मेलमिलाप वातावरण, विभिन्न संस्कृतिहरु प्रतिको सम्मान भाव र मेरो देश हो भन्ने प्रबल र आफु सुरक्षित भएको अनुभुतिको भावना नै राष्ट्रियता हो । हाल सम्म ७१ स्थानमा सिमा अतिक्रमण भैसकेको छ भने ६० भन्दा बढि सिमा क्षेत्रका नदिबाट सिमाका बासिन्दा भयभित छन् तर नेपाल–भारतबाट संयुक्त तटबन्ध, संरक्षण तथा व्यवस्थापन साझा संयन्त्र बनाइएको छैन र बनाउने तयारी समेत नभएको हुँदा यो वर्ष विगतको भन्दा बढि धन, जन र खेती, पशुचौपाया देखि सार्वजनिक संरचनामा गम्भीर क्षति पुग्न सक्ने देखिन्छ ।
नेपालीहरुले भारतमा कमाएर नेपाल आउने बेलामा सिमानामा भारतीय सुरक्षा फौजबाट लुटिएर नाङ्गै भएर घर आउनुको साटो चन्दा उठाएर फेरी भारत तर्पmनै र्फकनु पर्ने नेपालीलाई सोध्नु होस राष्ट्र र राष्ट्रियता कहाँ छ । त्यसको अनुभुति उसले कहिले र कसरी गर्ने । महोत्तरीमा एसएसपीले नेपाली नागरिकलाई लछारपछार पारेर मरणासन्न हुने गरी कुट्दा पनि विचरा म नेपाली हुँ भन्दा घर, गोठ भत्काएर खुल्ला आकाशमुनि बस्नु पर्ने नेपालीलाई हाम्रो राष्ट्र र राष्ट्रियताको मलमपट्टि लगाउन कहिले पुग्यौ । गाई, भैसी, बाख्रा चराउन गएकी नेपाली छोरी, चेली भारतीय सुरक्षाकर्मीबाट बलत्कार भएर रुदै घरभित्र पस्ने चेलीलाई सोधौ हामीले राष्ट्रियताको गित गाएर, सेल्फी खिचेर, गालामा नेपालको नक्सा जोडेर उक्त इज्जत लुटिएकी चेलीको व्याथा हामीले कहिले बुझ्यौ ? सुस्तामा राती बाढी आएर, बाढि घरभित्र पसेर घर ढुवानमा परेर बालबच्चालाई खाटमाथि उभ्याउदा खेरी त्यो रातमा त्यही खाटमाथि विषालु सर्पले डसेर मृत्युवरण गरेका नेपालीले भारतीय सुरक्षाकर्मीसँग सहयोग माग्दा नेपालीलाई उपचारको सुविधा छैन भनेर जवाफ आउदा हामी नेपाली नागरिक भएकै कारण मृत्युवरण गर्नुपर्ने बाध्यतालाई हाम्रा तिनै तहका सरकारको उदाशिनताले सिमानामा जन्मनुनै र्दुभाग्य भन्नु पर्ने बाध्यता कस्ले सिर्जना गर्यो ? यो दुःखत घटनाको जिम्मेवारी कसले लिने ? झापा, इलामका कृषकहरुले उत्पादन गरेको चिया, अलैचिलाई गुणस्तरहिनको बिल्ला भिराएर भारत निकाशीमा रोक लगाएर नेपाली कृषकको लगानी र वर्षौ सम्म बाच्न पाउने अधिकारबाट बन्चित गराउने, करोडौको लगानीलाई कौडीमा परिणत गरिदिने भारत सरकारलाई चुईक्क बोल्न नसक्ने हामी नेपालीले ति झापाली र इलामी कृषकलाई राष्ट्र र राष्ट्रियताको परिभाषा अब कस्ले पढाउने हो ? नेपाल सरकार डब्लुटिओको सदस्यता के का लागि र किन लिन पर्यो ? जब की आफ्नो उत्पादनको गुणस्तर भारतले बाहेक अरु तेस्रो देशले स्वतन्त्र रुपमा मापन गर्ने अधिकार भारतलाई मात्रै एकाधिकार दिने हो भने ? यसै गरी अन्य उत्पादन सुपारी, खाद्ययन्न लगायतमा पनि यहि व्याथा छ ।



यो निराशाको बादल नेपाली कृषक माथि कहिले सम्म हो, नेपाल सरकारले निशान, छाप सत्तापक्ष र प्रतिपक्ष दुवैबाट सर्वसम्वतले पारित गरिरहदा हामी सबैले साँझ दिपावली गर्यौ, खुसी व्यक्त गर्यौ, सरकार र प्रतिपक्ष सबैलाई धन्यवाद दिनु पर्छ तर लिपुलेक, कालापानीका नेपालीहरुले साँझ दिपावली गरिरहदा भोली विहान बजार जादा, सरकारी कार्यालय जादा, भारतीय बाटो भएर निस्कदा भारतीय सुरक्षाकर्मीबाट कुटिनु पर्ने हो की, बेइजत सहनु पर्ने हो की भनेर डराई डारई दिपावली गर्नुपर्ने नेपालीलाई निर्भएका साथ राष्ट्रको अनुभुति गराउने गरी ढुक्क हुनु होस हामी छौ भनेर हामीले विश्वस्त कहिले गराउने । सिमानामा बस्ने नेपालीहरुको यर्थात संख्या, उनिहरुको अवस्था, आवश्यकताको विश्लेषण हाल सम्म नेपाल सरकारसँग नहुनु त्यो तथ्याङ्कको अभावमा नीति तथा कार्यक्रम बजेट समेत व्यवस्था नहुनुले सिमाको सुरक्षा गर्ने नेपाली जनको मनमा कहिले न्यानोपनको अनुभुति हामीले दिन सकेनौ । बेलुका भोली बिहान काट्ने भनेको धान रातीनै काटेर बिहान खेतला लिएर जादा आफ्नो खेतमा धान नभएको देख्दा राष्ट्र र राष्ट्रियता प्रतिको मोह कसरी ति किसानले अनुभुति गर्लान । काठमाण्डौको वालुवाटार, जाउलाखेल, माइतीघरको मण्डेलामा राष्ट्रियताको भजन गाउने ओठहरुलाई के थाहा बेलुका सुत्दा नेपालमा विहान उठ्दा भारतमा परेको पिडा, सिमानामा बस्ने नेपालीको अस्तित्वको परिभाषा काठमाण्डौमा बस्नेले आज सम्म आउने सरकारले कहिल्यै अन्तश्करण गर्न नसक्दा राजनैतिक परिवर्तनको अनुभुति पनि त्याहाँका बिना बर्दिका सिमा सुरक्षा गर्ने नागरिकलाई अनुभुति सरकारको विधि र व्यवहार प्रति उदाशिन देखिन्छन ।
निशान, छाप पछि अर्को बहस सुरु भएको विषय नेपालको नागरिकता ऐन सम्वन्धी नेपालको नागरिकता वंशज र अंगिकृत । जन्मसिद्ध वंशज आधारमा स्वभाविक जुन देशमा जन्मेपछि पाउने नागरिक अधिकार हो भने अर्को नेपाली छोरीसँग विवाह गर्ने ज्वाई र नेपाली छोरासँग विवाह गर्ने बुहारीको बिचमा दिइने नाकरिकतालाई अंगिकृत भनिन्छ । छिमेकी राष्ट्र भारतमा नेपालीका लागि सात वर्ष कुर्नुपर्ने बाध्यता छ भने अरु देशमा पाच देखि दश वर्षको फरक फरक समयमा नागरिकता दिने गरेको देखिन्छ । नेपालमा पनि कतिपय राजनैतिक दल र तिनका साँसदले तत्कालै दिनुपर्ने मत राख्छन भने कसैले भारत लगायत अन्य देशले राखेको समयलाई आधार मान्न पर्छ भन्ने गरेको पाइन्छ तर अंगिकृत नागरिकतालाई राजनैतिक स्वार्थ प्राप्ती, आर्थिक प्रलोभनमा परेर यसलाई तत्कालै दिने व्यवस्थाको ग्यारेन्टी गर्ने हो भने हामीले राष्ट्रियताको अनुभुति गराउन नसकेको कारण केहि क्षेत्रिय, जातिय, साम्प्रदायिक राजनैतिकमा रमाउने दलका कारण अंगिकृत नागरिकताको संख्या र प्रभाव बढ्दै जादा केहि समय भित्रै नेपाल फिजि हुने सम्भावना नर्कान सकिदैन । तसर्थ तत्कालै अंगिकृत नागरिकता दिने केहि सांसदहरु आतुर देखिन्छन् । यहा केहि जिज्ञासा राख्नु पर्ने देखिन्छ । के नेपालमा आवश्यक जनसंख्याको अभाव छ ? हामी आर्थिक विकास गर्न नसकेर अंगिकृत नागरिकतावालालाई भित्राएर विकासको लागि अर्थतन्त्र जिम्मा दिनको लागि हो ? हामीले आज सम्म गरेको राजनैतिक परिवर्तनले जनतालाई अनुभुति गराउन नसकेर अब ल्याउने नागरिकलाई अथाव अब बनाउने नागरिकलाई राज्यको सम्पूर्ण निकायमा निर्णायक जिम्मेवारी दिनुपर्ने अवस्था सिर्जना भएकै हो ? हाम्रो शिक्षाबाट दक्ष भएका प्राविधिकहरुको अभाव भएर दक्ष जनशक्ति आयात गर्ने नाममा हामीलाई अंगिकृत नागरिकता दिन हतार भएको हो ? अन्त्यमा अंगिकृत नागरिकतालाई राजनैतिक गर्ने आन्तरिक र वैदेशिक प्रभावको कारणले गल्ती गर्न पुग्यौ भने अब आउने पिढी र समयले वर्तमान नेतृत्व इतिहासमा ठुलो कलङ्कले पोतिने छ । नेपालको राष्ट्रियता अहिले गम्भिर प्रकारको खतरा उत्पन्न भएको छ त्यस सिलशिलामा नेपालको राष्ट्रियताको अगाडी इतिहासमा नै सबै भन्दा बढि खतार उत्पन्न भएको छ । यो अवस्थामा देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डताको रक्षाको लागि सबै सम्भव तरिकाले आमसहमतिको विधिबाट प्रयत्न गर्न सबै देशभक्त संगठन, व्यक्तिहरुको उच्चतम कर्तव्य रहेको छ । राष्ट्रियताको विचार गर्दा हामीले जनताको सन्र्दभमा सोच्ने बानी गर्नु पर्दछ अनि मात्र त्यस सम्वन्धी सत्यका उपर प्रकाश पार्न सकिन्छ नत्र भने एउटा भागको अर्थमा मात्रै ग्रहण गर्न थालियो भने राष्ट्रियता भन्ने शब्दलाई कुनै ध्रुत, तानाशाहा, विखण्डन्नवादी र राजनितिज्ञले जनताको अधिकारलाई अपहरण गर्ने हतियार बनाउन सक्छ । यस्ता विषयमा आम नागरिक देशभक्तहरु काँधमा थप जिम्मेवारी बढ्दै गएको अनुभुति गर्ने समय आएको छ ।
(लेखक: सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को अध्यक्ष तथा सिखरौली मध्यवर्ति उपभोक्ता समितिको सचिव हुन)