कावासोतीले पर्यटन क्षेत्रमा एक हजारलाई रोजगार शिर्जना गर्ने


दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाले आगामि नीति तथा कार्यक्रममा पर्यटन क्षेत्र प्रर्वद्धनलाई जोड दिएको छ । पर्यटन क्षेत्रको प्रर्वद्धन गर्दै एक हजार प्रत्यक्ष ,अप्रत्यक्ष रोजगारी सृजना गरिने अपेक्षा गरिएको हो । नीति तथा कार्यक्रममा नगरपालिकाको ७,१०,११,१२,१३,१४,१५र १७ मा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले जैविक विविधता, पर्यापर्यटन, जल पर्यटन, होम स्टे सञ्चालनमा सहयोग र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरी नागरिकलाई स्वरोजगार बनाउने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।
नगरपालिकाले निर्माणको क्रममा रहेको कावासोती १ को भ्यू टावरलाई आगामी आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने जनाएको छ ।
पर्यटन तर्फ नगरपालिका भित्र रहेका टरुवा ताल, गैंडा ताल, पोखरी ताल लगाएतका क्षेत्रको एकीकृत पर्यटन विकास रणनीति लिई पूर्वाधार विकास गर्न तथा समग्र नगरको पर्यटन विकासको लागि एकीकृत नगर पर्यटन गुरु योजना तयार गरिने नगरपालिकाले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution