नवलपुरमा गैँडाको आक्रमणबाट मुखियाको मृत्यु


कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आइतबार एकजनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिए । उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास । नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास ।
  • विनयी खोलाबाट वार्षीक चार लाख २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution