गैंडाकोटका मेयरलाई कोरोना संक्रमण


गैडाकोट । गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाई कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणबाट उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँको यही १५ गते स्वाब संकलन गरिएको थियो । पौडेललाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि स्वाब संकलन गरिएको थियो । अहिले आफ्नो अवस्था सामान्य रहेको मेयर पौडेलले  जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले नगर प्रमुख पौडेलको सम्पर्कमा आउनुभएका जनप्रतिनिधी, नगरवासी एवं कर्मचारीहरुलाई थप सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • कोरोनासगँको जम्काभेट !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution