गैँडाकोट । कालिगण्डकी करिडोरमा काम गर्ने क्रममा सुख्खा पहिरोले ५ जना मजदुरकाे मृत्यु भएको छ ।
करिडोरको बुलिङटार गाउँपालिका ३ को खसुवा भन्ने ठाउँमा उनीहरुकाे पुरिएर मृत्यु भएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकाेटिले जानकारी दिए ।
भित्तातर्फ ग्याभिन भरिरहेका मजदुरलाई माथिबाट खसेको ढिस्कोले पुरेर ५ जनाकाे मृत्युु भएको र अन्य दुई जना घाइते भएको अध्यक्ष बस्ताकाेटिले बताए ।
घाइते दुई जनाकाे भरतपुरमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टर विशाल तामाङले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१