लौखानीमा गैंडाको माउ र बच्चा मृत फेला


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैंडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैंडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए । मृत पोथी गैंडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशंका गरिएको सूचना अधिकारी रामले बताए ।

उनका अनुसार गएको भदौमा मृत भेटिएको गैंडा र बुधबार मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको प्रकृति एउटै छ ।

यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैंडाको मृत्यु भइसकेको छ । नौ वटा गैंडा कालगतिले मरेका निकुञ्जले जनाएको छ ।

सन् २०१५ को गैंडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैंडा रहेका छन् ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • कोरोनासगँको जम्काभेट !
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution