बौदीकाली गाउँपालिकाले सय घर दलितको खरको छानो फेर्ने


दयाराम आचार्य। कावासाेेेती ।नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिकाले विपन्न दलित समुदायका एक सय घरको खरको छानो फेर्ने भएको छ । गाउँपालिका भित्र रहेका एक सय घर दलित समुदायको खरले छाएको छानो फेर्ने तयारी गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो ।
विपन्न दलित समुदायका एक सय घर परिवारको खरले छाएको छानो फेरी जस्ता पाता लगाउने योजना गाउँपालिकाको रहेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनु भएको छ । विपन्न दलित सुमदायको आवाश सूरक्षित बनाउने र खरको छानो विस्तापन गरि जस्ता पाता लगाउने योजना अनुसार स्थानीय तहकै श्रोतबाट कार्यक्रम गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो । गाउँपालिका भित्रका सबै वडालाई समेटी एकसय घर परिवार दलित समुदायको घरमा जस्ता पाता लगाउने तयारी गरिएको उहाँको भनाई छ । यसकालागि चालु आर्थिक वर्षमा रु. ८ लाख विनियोजन गरिएको छ । योजना कार्यान्वय गर्दै जादा बजेट आवश्क परे थप गर्दे लैजना प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो । ‘हामिले अहिले केही बजेट विनियोजन गरेका छौ, योजना कार्यान्वय हुदै जादा थप गर्दै लान्छौ’ प्रमुख प्रशासकिय अधिकृत सुवेदीले भन्नुभयो–सय घरलाई खरको छानो फेर्ने कार्यक्रममा समेटनेछौ । वडागत रुपमा तत्कालै तथ्याङ्क संकलन गरि सोही अनुसार कार्यपालिकाबाट निर्णय गरि घरको छनौट गरिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो । संघबाट यसै प्रकृतीको योजना आएमा गाउँपालिकाको कार्यक्रम लाई रोकि सोही कार्यक्रममा नियमानुसार समेटीने उहाँले बताउनुभयो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास । नवलपुरमा १५ शय्याका तीन अस्पतालको शिलान्यास ।
  • विनयी खोलाबाट वार्षीक चार लाख २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution