होङ्सी सिमेन्टको चुनढुंगा बोकेकोे टिपर खस्यो , चालकको मृत्यु


कावासोती । नवलपुरको सर्दीस्थित होङ्सी शिवम् सिमेन्ट उद्योगमा चुनढुंगा बोकेर आउने क्रममा मंगलबार साँझ टिपर दुर्घटना भएको छ । चुनढुंगा बोकेको टिपर पाल्पामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–७, मठेखर्कमा ना ८ ख ७९०५ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
ओरालो सडकमा अनियन्त्रित भइ टिपर करिब १० मिटर तल खस्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गिरीले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution