गैँडाकोट । गैँडाकोट नगरपालिकामा प्रचण्ड–माधव नेपाल समूहले राखेको गुटको भेला ओली पक्षीय कार्यकर्ताले बिथोलेका छन् ।
नेकपा गैँडाकोट नगर कमिटीले फेम्ली पार्टी प्यालेसमा गरेको कार्यकता भेला ओली पक्षीय कार्यकर्ताले बिथोलेका हुन् । नगरकमिटी ले आयोजना गरेको भनिए पनि कार्यक्रममा अधिकांश प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेता कार्यकर्ता मात्रै सहभागी गराइएको थियो ।
कार्यक्रममा ओली समूहका नेता तथा कार्यकर्ताले गुुटको भेला बन्द गर, नेकपा जिन्दावाद भन्दै चर्का नाराबाजी गरेका थिए । प्रमुख अतिथिका रुपमा रहेका माधव कुमार नेपाल गुटका नेता कृष्ण पौडेलले हतार हतारमा केही भनाइ राखेर कार्यक्रम सके ।
अध्यक्षता गरेका नेकपा गैँडाकोटका अध्यक्ष षडानन्द लामिछानले भुलबस कमजोरी भएको प्रतिक्रिया दिए । नेकपा गैँडाकोटको आयोजना भनेर ब्यानर टागिए पनि कार्यक्रममा प्रचण्ड र माधव नेपाल समूहले आफ्ना युवालाई उतारेको थियो । कार्यक्रम स्थलमा पुगेका युवासंघका संयोजक कृष्ण कँडेलले पार्टीको आवरणमा गुटको भेला गरिएको भन्दै त्यसको प्रतिरोध गरिएको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१