कावासोती । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षले आज सरकारको विरोधमा नवलपुरको कावासोतीमा राके जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले पुस ५ गते गरेको प्रतिनिधि सभा विघठनको बिरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू नवलपुरले संयुक्तरुपमा राके जुलुस निकालेका हुन् ।
नेकपा नवलपुरको पार्टी कार्यालय हलचोक बाट शुरु भएको राके जुलुस कावासोतीको फलफुल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकारले संबिधान माथि कु गरेको भन्दै युवा र विद्यार्थीहरुले प्रधानमन्त्री ओलिको बिरुद्ध नाराबाजी गरेका थिए ।
संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघठन गर्ने र राष्ट्रपतिबाट जनभावना विपरित हस्ताक्षर हुनमा बिदेशी शक्तिहरुको हात रहेको उनिहरुको आरोप छ । अनेरास्ववियू नवलुरका संयोजक ठाकुर पाराजुलीले जनता माथि कु गर्ने सबै शक्तिहरु विगतमा जनताले आन्दोलनकै भरमा परस्त गरेको भन्दै ओलिले संविधान र जनमत माथि गरेको कुलाई जनताले परस्त गर्ने बताउनुभयो । राके जुलुसमा अनेरास्ववियू केन्द्रीय सदस्य हरि सिग्देल, जिल्ला संयोजक ठाकुर पराजुली, राष्ट्रिय युवा संघ नवलपुर सहसंयोजक चन्द्र रानाभाट सहितको युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१