कावासोतीको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिदै


दयाराम आचार्य
कावासोती । कावासोती नगरपालिकाको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिने भएको छ । कावासोती नगरपालिका १ बालुवाडाँडामा बिहिबार देखी परिक्षण उडान गर्ने तयारी गरिएको छ । पर्यटकीय दृष्टिकोणले समेत सम्भावनाको क्षेत्रका रुपमा रहेको बालुवाडाँडा क्षेत्रबाट प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिदैछ । क्लाउडबेस प्याराग्लाईडिङ्ग नेपालले भोली देखी पाँच दिन सम्म परिक्षण उडान गर्न लागेको व्यवस्थापक प्रकाश भुजेलले बताउनुभयो ।

कावासोती नगरपालिकामा नयाँ पर्यटकिय सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाईडिङ्गको समेत परिक्षण गर्न लागिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले बताउनुभयो । कम्पनीले समेत चासो दिएर परिक्षणकालागि आएको बताउदै सफल भए यो जिल्लाकै लागि पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र बन्ने उहाँले बताउनुभयो ।

पाँच जना चालकले भोलीबाट परिक्षण गर्ने छन् । अवतरणकालागि कावासोती १, ५ र ६ का क्षेत्रहरुको अध्यन समेत गरिने छ । भोली चालक दलले मात्रै एकल उडान भर्ने छन् । त्यसपछी अन्य यात्रु राखि समेत यसको परिक्षण गरिने उमेश रानाले बताउनुभयो । उहाँका अनुसार भोली बिहानबाट परिक्षण शुरु गरिनेछ । मौसमको अवस्था हेरी पाँच दिन सम्म बालुवाडाँडाका बिभिन्न क्षेत्रबाट परिक्षण उडान गरिने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दुम्किबासबाट लागुऔषध सहित पोखराका निरज पक्राउ
  • कावासोती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न
  • जिल्ला युवा समिति नवलपुरको अध्यक्षमा हिमाल सिंह ठकुरी
  • मैनाघाट जोड्ने पक्की पुल निर्माण हुदै
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution