जिल्ला युवा समिति नवलपुरको अध्यक्षमा हिमाल सिंह ठकुरी


कावासोती । पूर्बि नवलपरासी (नवलपुर ) को जिल्ला युवा समितिको अध्यक्षमा हिमाल सिंह ठकुरी नियुक्त छन् । जिल्लाको मध्यविन्दु नगरपालिका–९ बसन्तपुरका ठकुरी जिल्लामा युवाहरु माझ लोकप्रिय रहेका छन् ।

ठकुरी मदन भण्डारी स्र्पोट एकेडेमी गण्डकी प्रदेशका सदस्य समेत हुन् । युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षमा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिको अध्यक्षमा उनि सहित ७१ जनालाई मनोनयन गरेको हो ।

यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले ७१ जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको परिषदले जनाएको छ । मन्त्री लामा र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलबीच छलफलपछि ७१ ओटा जिल्लाको सूची तय भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution