नवलपुरमा सवारी दुर्घटना : दुई जना गम्भीर घाइते


गंगा बिश्वकर्मा

चोरमारा । नवलपरासी बर्दघाट सुस्ता पुर्वको गैंडाकोटमा सवारी दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन् ।

 

आज दिउसो जिल्लाको गैंडाकोट नगरपालिका–१० पितौजीमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको बा ९२ प १२४८ नम्वरको मोटरसाईकलले  ना ६ ख ८५८६ नम्वरको ट्रक चालकलाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।   ट्रक  रोकी ट्रक चालक खाना खान जाँदा बाटो क्रस गर्ने क्रममा माेटरसाईकले ठक्कर दिदा २ जना गम्भीर घाइते भएका हुन् ।

 

घाइते हुनेमा ट्रक चालक धादिङ नगरपालिका–११ बस्ने २४ वर्षिय बाबुराम पौडेल र मोटरसाईकल चालक बर्दीया घर भई हाल काठमाण्डौ बस्ने ३० वर्षिय प्रकाश धिताल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरिले जानकारी दिनुभयो । घाईतेको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution