नमुना पोष्टप्रकाशित मिति: २०७८ पौष ७, बुधबार (३ साल अघि)
Advertisement
काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसङ्गठन प्रभावकारी बनाउन सुझाव दिन कार्यदल गठन गरेको छ ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको बैठकले गठन गरेको जनसङ्गठन संयन्त्रका आजको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुङ्गेल, विष्णु रिजाल र रचना खड्का रहनुभएको छ ।
कार्यदलले जनसङ्गठनका पदाधिकारी कति जना रहने ? जनसङ्गठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसङ्गठनबाट बिदा भएका पार्टी काममा पुगेका छैनन् भने कसरी पु¥याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेश गर्नेछ । संयन्त्रको आजको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, जनसङ्गठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो ।( रासस )