वीरगञ्ज । तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् ।
पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो ।
शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन् । विगत एक दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ । ( रासस )
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१