काठमाडौँ । काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ । मंगलबार बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको थियो ।
त्यसपछि शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
सार्वजनिक यातायातका सवारी साधनमा यात्रुका सामान छुट्ने गरेको सन्दर्भमा त्यस्ता सवारी साधनका चालक, सहचालकले सामान प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाउन सहयोग गरी प्रदर्शन गरेको सकारात्मक व्यवहारप्रति परिसरले सम्मान प्रकट गरेको छ । परिसरले गलत नियतले कोही कसैले सवारी साधनमा छुटेका उक्त सामान नबुझाई आफूले लुकाएमा मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद–२० को दफा २४१ अन्तर्गत चोरी गर्न नहुने कसुरमा कारबाही हुने चेतावनी पनि दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१