• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८० मंसिर २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

२

म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

३

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

४

भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

५

महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

६

नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

७

९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

८

नवलपरासीमा धान उत्पादन बढ्यो

९

काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

१०

भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

११

मुग्लिन पोखरा सडकः नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

१२

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमाले अध्यक्ष ओली विद्युतीय बस चढेर लुम्बिनी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (१ साल अघि)
    inbound2034272710524783831

    Advertisement

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न आज लुम्बिनीमा विशेष तयारी गरिएको थियो । पार्टीको लुम्बिनी नगर कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी पुग्नुभएका ओलीलाई स्वागतका लागि एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलगायतका स्थानीय नेताहरु हातमा खादा र माला बोकेर ओलीको प्रतीक्षामा थिए । ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरु सडकमै लाम लागेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको प्रतीक्षा गरिरहेका थिए ।

    जब ओली सार्वजनिक विद्युतीय बसबाट ओर्लिनुभयो, त्यहाँको माहोल नै परिवर्तन भयो । प्रहरीको स्कटिङमा कार्यक्रमस्थलमा पुगेका साना र विलासी कारबाट ओली उत्रिने आशङ्कामा आयोजक र स्थानीयवासी त्यतै सोझिएका थिए तर अध्यक्ष ओली बसबाट उत्रिएको देखेपछि स्थानीयवासी छक्क परे । पार्टीका नेता र स्थानीयवासीले माला, खादा र ताली बजाएर अध्यक्ष ओलीको स्वागत गरे । “यति ठूला मान्छे भएर पनि बसमा आउनुभएको रहेछ”, छक्क पर्दै स्थानीय हजरत अलीले भन्नुभयो ।

    एमालेका अध्यक्ष ओली तिलोत्तमाको मणिग्रामबाट सार्वजनिक विद्युतीय बस चढेर भैरहवा हुँदै लुम्बिनी पुग्नुभएको थियो । लुम्बिनी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदूषणमुक्त बनाउन यस्ता बस सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । “आफ्नै विद्युत्ले मोबाइल चार्ज गरेजस्तै गरेर चलाउन मिल्ने यो बस स्वास्थ्यका दृष्टिले पनि ठीक छ, यसअघि मैले काठमाडौँमा सुरुआत गरेको थिएँ, अहिले यहाँ सुरु भयो”, उहाँले भन्नुभयो ।

    गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई स्वर्गको नन्दनजस्तै बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “बुद्धजन्मस्थलमा मुस्किलले उडेर आए काग बस्ने मात्रै भयो । खाली सिसौका रुखमात्रै भए यसलाई हटाएर मगमग फूलको बास्ना आउने बनाउनुपर्छ । यसका लागि हामी लागि परेका छौँ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष ओलीले विकासका सबै अभिभारा पूरा गर्नका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउन कार्यकर्तालाई आग्रह गर्नुभयो । “जनता न्यायाधीश हो । तपाईँ नै निर्णायक हो । तपार्इँहरु नै भगवान् हो, तपार्इँहरुले अब निर्णय दिनुस् हामी गर्न तयार छौँ”, ओलीले भन्नुभयो ।

    सुन्दर यातायात प्रालि, बुटवलले सञ्चालनमा ल्याएको विद्युतीय सार्वजनिक बसको उद्घाटन गरी ओली त्यही बस चढेर लुम्बिनी पुग्नुभएको थियो । कार्यक्रमपछि ओली पुनः विद्युतीय बसबाट भैरहवा विमानस्थल पुग्नुभएको सुन्दर यातायात प्रालिका सञ्चालक डिआर घिमिरेले बताउनुभयो ।

    ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य लीला गिरी, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सैनामैनाका प्रमुख चित्रबहादुर केसी, बुटवलका उपप्रमुख गुमादेवी आचार्यलगायतका अन्य नेताहरु पनि ओलीसँगै गाडी चढेर लुम्बिनी पुग्नुभएको थियो ।

    प्रालिका सञ्चालक घिमिरेले नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्र्याइएको बताउनुभयो । तत्कालका लागि दुई वटा बस सञ्चालनमा ल्याए पनि विस्तारै सबै रुटमा सञ्चालन गर्ने गरी बस थप्दै जाने उहाँको भनाइ छ ।  (रासस )

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल


  • Advertisement

    समाचार
  • १

    मौरीपालनबाट आम्दानी गर्दै तोगीका युवा

  • २

    म टुहुरो भएँः १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

  • ३

    डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

  • ४

    भ्याटको विरोध गर्दै आलु-प्याजको बिक्रीमा हड्ताल

  • ५

    महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुपर्ने बाध्यता

  • ६

    नवराज विकसहित ६ जनाको हत्या आरोपमा २४ जनालाई जन्मकैदको फैसला

  • ७

    ९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर शिक्षकको निर्घात कुटपिट

  • ८

    नवलपरासीमा धान उत्पादन बढ्यो

  • ९

    काँडेभ्याकुर हेर्न चितवनको उपरदाङगढीमा विदेशी पर्यटक

  • १०

    भूकम्प पीडितलाई भेट्न जाजरकोट र रुकुम पश्चिम जाँदै एमाले अध्यक्ष ओली

  • बिशेष रिपोर्टसबै

    वर्तमान शिक्षाले रोजगारीको व्यवस्था गर्ने कि रोजगारी खोज्ने शक्ति निर्माण गर्ने ?

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution