रुपन्देही । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेससहित आज भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै जिल्लास्तरीय संयन्त्र गठन गरेको छ ।
रुपन्देहीका सभापति रामकृष्ण खाँणको सयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक नारायण जिसी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राजुु गुुरुङ, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको छ ।
उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुुस्थिति बुझेर केन्द्रलाई सुुझाव पठाउने छ भने जिल्लामा आवश्यक रणनीति तय गर्ने जनाएको छ । (रासस)
–––
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१