काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले १२ घण्टासम्म लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेको बताएका छन् । ऊर्जा मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले तत्कालका लागि भएको विद्युत आपूर्तिको समस्यालाई उद्योगी व्यवसायीले राजनीतिक रूप दिएको बताएका हुन् ।
उनले भने, ‘तत्कालका लागि समस्या आएको थियो । त्यो पनि हामीले १र२ दिन भित्रै समाधान गरिसकेका थियौँ । तर वर्षौंको समस्या जस्तो गरी विज्ञप्ति निकाले । यसमा उद्योगी व्यवसायीले राजनीतिक कुरा गरे ।’ त्यस्तै, उनले देशमा अहिले कुनै किसिमको लोडसेडिङ नभएको दाबी गरे । (नारायाणी अन्लाइन)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१