काठमाडाैं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१