
काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।
उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे । प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । समाचार onlinekhabar.comबाट साभार
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१