• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हराउँदै गुरुशिष्य परम्परा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (३ साल अघि)
    guru

    Advertisement

    गलेश्वर: आज गुरुपूर्णिमा अर्थात् गुरुको सम्मान, स्मरण र कृतज्ञताको भाव प्रकट गर्ने दिन । महाभारतका रचयिता कृष्ण द्वैपायन वेदव्यासको जन्म आजकै दिनमा भएको थियो । असार पूर्णिमाको दिनमा जन्मिएका वेदव्यासले सम्पूर्ण लोकलाई शिक्षा दिने उद्देश्यले चारै वेदको रचना गरेका थिए ।   त्यसैले असार पूर्णिमाको दिनलाई व्यास जयन्ती अथवा गुरुपूर्णिमाको नामले मानिँदै आएको छ । यस दिन श्रद्धापूर्वक गुरुको पूजा गर्ने चलन रहेको छ । म्याग्दीको बेनी नगरपालिका– ६ का पण्डित दीपक पौडेलका अनुसार गुरुले आफ्ना शिष्यलाई किताबी ज्ञान मात्र दिने नभइ जीवन जिउने कला सिकाउँछन् । शिक्षक, आचार्य आदि गुरु शब्दकै पर्यायवाची हुन् । जीवनोपयोगी शिक्षा दिनेलाई शिक्षक भनिन्छ जसले प्राप्त ज्ञानलाई आफ्नो आचरणमा लागू गरी शिष्यलाई प्रयोगात्मक ज्ञान दिन्छन् तिनलाई आचार्य भनिन्छ ।

    शिष्यलाई ज्ञान दिने, अज्ञानता हटाउने र उनीहरुको चरित्र निर्माण गरी योग्य नागरिक बनाउने शिक्षाको मूलमर्म विपरीत अहिलेको पठनपाठन व्यावसायिकतातर्फ लक्षित भएको गुनासो छ । पढेपछि कमाउनै पर्छ, जागिर खानैपर्छ भन्ने मान्यता विकसित हुँदै जाँदा समाजमा गुरुप्रतिको सम्मान पनि कम भएको र गुरु शिष्य परम्परा पनि हराउँदै गएको ७८ वर्षीय पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो ।

    “हाम्रा वेद उपनिषद्हरुले ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ भनी आमाबुबा र गुरुको महिमा गान गरेका छन् । जन्म दिने आमालाई प्रथम गुरु, कर्म दिने पितालाई द्वितीय गुरु र ज्ञान दिने गुरुलाई साक्षात् गुरु भनी शास्त्रहरूमा वर्णन गरिएको पाइन्छ”, आचार्यले भन्नुभयो । जसले ‘म को हूँ’ भन्ने मानवीय मूल्य मान्यतालाई बुझाइ समाजका हरेक समस्याको सामना गर्ने क्षमता प्रदान गर्दै परम ज्ञान दिन्छन् तिनलाई गुरु भनिने पं आचार्यको भनाइ छ । तर अहिलेका गुरुहरुले पनि आफ्नो मर्यादा र आत्मानुशासनलाई विर्सदा विद्यार्थी पनि त्यसैको सिको गर्दै जान थालेका उहाँको भनाइ रहेको छ ।

    शास् धातुबाट बन्ने शिष्य शब्दको अर्थ अनुशासनमा बसी ज्ञान आर्जन गर्ने भन्ने हुन्छ । तर,अहिलेका विद्यार्थी शिष्यको परिभाषाभित्र पर्नै छाडेका शिक्षण पेसाबाट अवकास प्राप्त ७४ वर्षीय धनबहादुर घिमिरेले बताउनुभयो । जसले गुरुको वचनअनुसार अनुशासनमा बसी गुरुद्वारा प्रदत्त ज्ञानआर्जन गर्दछ त्यही नै असल शिष्य हो । पौराणिक कथन अनुसार भगवान् राम, शङ्कराचार्य, विवेकानन्द आदि सबैले गुरुद्वारा असल शिक्षा पाई विश्वमा आफ्नो कीर्ति फैलाउन सफल भए । गुरुकै निर्देशनमा उनीहरूले नयाँ युगको प्रारम्भ गरे । हिन्दू परम्परामा गुरुबिना ज्ञान प्राप्त हुँदैन र जीवन सफल हुँदैन भन्ने मान्यता छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution