• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाँदरबाट बाली जोगाउनै मुस्किल   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २, सोमबार (३ साल अघि)
    250264080Monkey-1

    Advertisement

    म्याग्दी  :  म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बस्नुभएको छ ।  मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थाल्नुभएको थियो । उहाँले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाउनु भएको छ । “बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्”, उहाँले भन्नुभयो, “बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्ने गरेका छाँै ।”सल्यानका विश्वनाथ उपाध्ययले बाँदरले बाली नष्ट गरेर भित्र्याउनै नपाएपछि जङ्गल छेउको करिब पाँच रोपनी जग्गामा खेती गर्न छाडेको पाँच वर्ष भयो । “बाँदरले बाली भित्र्याउनै नदिएपछि मकै, कोदो लगाउन छोडेको हो”, उहाँले भन्नुभयो, “श्रम र लगानी खेर जाने भएपछि बारीमा घाँस र रुख रोपेको छु ।”

    म्ङ्गलाको सल्यानका दीपक र विश्वनाथ बाँदर पीडित कृषकको प्रतिनिधि पात्र हुनुहुन्छ । बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बने गर्छन् । खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु किसानका लागि अर्को चुनौती बनेको छ । बाँदर धपाउन कृषकको श्रम, पसिना र समय खर्च भएको छ ।

    आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । कृषक खाना र खाजा खाने समयसमेत पाउँदैनन् । बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पु¥याइदिनुपर्ने बाध्यता रहेको जलजला–४ मल्लाजका कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेरसमेत अन्नपात नास गरिदिने गरेको छ । बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै बिरुवासमेत उखेलेर नष्ट गरिदिने गरेको जलजला–३ का द्रोण खत्रीले बताउनुभयो । वनको विस्तारसँगै जङ्गल वरपरका खेतबारीमा खेती हुन छाडेका छन् । आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन् ।

    कानुनअनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ । बाँदरको समस्या न्यूनीकरण गर्न टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फूल र घाँसखेती गर्न सकिने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।

    पानीका लागि बस्तीमा आउने बाँदरलगायत वन्यजन्तु र मानिसको द्वन्द्व न्यूनीकरण गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । नेपालमा आसामी रातो, रातो र सेतो रङको हनुमान लङ्गुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो हनुमान लङ्गुर बाँदर एक–दुई वटाको सङ्ख्यामा मात्र भेटिन्छ । आसामी र रातो बाँदर भने समूहमा बस्छन् ।

    यी बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने तथा नष्ट पारिदिने गर्छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउन मै व्यस्त हुने गरेको बेनपा–४ वास्कुनाका कृषक भीम थापाले बताउनुभयो । जलजलाको मल्लाजका किसान बाँदर धपाउन खेतबारीको डिलमा छाप्रो नै बनाएर बस्ने गरेका छन् ।

    केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घाँस खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन । बाँदर आतङ्क नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । त्यसैले सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नु आवश्यक भएको छ । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution