• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ १६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

       हराउँदै ‘लुतो फाल्ने’ संस्कृति   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २, सोमबार (२ साल अघि)
    luto-saune-sankranti

    Advertisement

    वालिङ:  बढ्दो आधुनिकतासँगै कुनै बेला चलनचल्तीमा रहेको ‘लुतो फाल्ने’ संस्कृति हराउँदै गएको छ । साउने सङ्क्रान्तिका दिन नेपाली हिन्दू परम्परा अनुसार मनाइने सो चलन पछिल्लो समय हराउँदै गएको हो ।  ‘लुतो लैजा, पिलो लैजा…..’ भन्दै अगुल्टोलाई साँझपख घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर फाल्ने गरेको सम्झना वालिङ ८ कि ८० वर्षीया विष्णुमाया बगालेलाई अहिले पनि ताजै छ ।“साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर बनजङ्गलबाट विभिन्न झारपात तथा वनस्पतिहरु खोजेर जम्मा पारिन्थ्यो”, उहाँले भन्नुभयो, “अचेल त्यसको महत्व नै थाहा छैन, यो सँगै तिउँरी लगाउन छाडेर मेहेन्दी लगाउन थालेका छन् ।” उ बेलामा धेरैजसोको खरका छाना भएका घर हुने भएकाले अगुल्टो फाल्दा छानामा पर्न नदिन एकदम सचेत हुने गरेको पुरानो याद झलझली आइरहेको उहाँ बताउनुहुन्छ ।

    साउने सङ्क्रान्तिमा हातमा तिउँरी लगाउन तिउँरीका बिरुवा घर वरिपरी प्रशस्तै लगाउने गरिएको वालिङ ८ कै फूलमति सुवेदीले बताउनुभयो । साउने सङ्क्रान्तिका दिन सानैमा लुतो फाल्ने र हातमा तिउँरी लगाउने गरिए पनि आजभोलि लुतो फाल्नै छाडेको र तिउँरीको सट्टामा बजारबाट मेहेन्दी किनेर लगाउन थालेका उहाँले बताउनुभयो ।

    “वनजङ्गल तथा घर वरपर भएका विभिन्न वनस्पति तथा झारपात बटुलेर ल्याउने र साँझ सबै जम्मा भएर अगुल्टो फालेर हातमा तिउँरी लगाउने गथ्र्यौं”, उहाँले भन्नुभयो, “तिउँरीको बिरुवालाई मसिनो गरी पिसेर विभिन्न वनस्पति तथा झारपात मिलाएर कर्कलाको पातले छोपेर लगाउँथ्यौँ ।”

    खेतबारीमा हिलोमैलो भएर काम गर्दा छालासम्बन्धी रोग लाग्न सक्ने भएकाले लुतो फाल्ने गरिएको जानकार बताउँछन् । लुतो फाल्दा आ–आफ्नो परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्खघण्ट बजाउने, ढिँकी कुट्ने, ढोका बन्द गर्ने जस्ता चलन छ । पछिल्लो समय कहीँकतै यो परम्परा आंशिकरुपमा रहेपनि धेरैजसो ठाउँमा पछिल्लो पुस्ताले आत्मसात गर्न नसक्दा यसको पहिचान र महत्वसँगै लोप हुने अवस्थामा पुगेको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution