
झापा । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो । टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।(रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१