काठमाडौं । मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो ।एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको कम्पनीले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । यस अवधिभर केबलकार सेवा बन्द हुनेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१