
कावासोती । लगातारको वर्षासँगै झरेको पहिरोको कारण पूर्वि नवलपरासीको विनयीत्रिबेणीका ६ घर उच्च जोखिममा परेका छन् । विनयीत्रिबेणी १ को जोगिकुटीमा गएराति वर्षासँगै झरेको पहिरोको कारण घरहरु जोखिममा परेको विनयीत्रिबेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको निजी सचिव संगम गिरीले जानकारी दिए ।
पहिरोले कुखुराको खोर र शौचालय लगेको छ । भने बस्ती समेत जोखिमा परेको गिरीले बताए । लगातार पहिरो गयो भने बस्तीका धेरै घरमा क्षती पुग्ने उनले बताए । अहिले गाउँपालिका मार्फत ग्याविन लगाएर पहिरो रोक्ने कार्य सुरु भएको छ तर पहिलो ठुलो भएको कारण पालिकाको बजेटले मात्रै रोक्न सम्भव नरहेको उनले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१