
कावासोती । नेकपा एमाले नवलपुरले चर्को महङ्गी र भ्रष्टाचारको विरोधमा कावासोतीमा आज बृहत जनप्रदर्शन गरेको छ । सरकारले महङ्गी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमाले नवलपुर र जनसंगठनहरुको संयुक्त आयोजनामा आज जनप्रदर्शन गरेको हो । सरकारका राष्ट्रघाती कदम, सरकारका बेथिति र गलत कामकाविरूद्ध जनतालाई जागरुक बनाउनु अहिलेको आवश्यकता भएको एमाले नवलपुरको ठहर छ । वर्तमान सत्ता गठबन्धनको गलत काममा खबरदारीका लागि एमाले र जनसंगठनहरुले जनप्रदर्शन गरेका हुन् । जनप्रदर्शन एमाले नवलपुर पार्टी कार्यालय हुदै, फिल्महल चोक, सभापती चोक, इन्द्रचोक, थानाचोक, बिपि चोक हुदै फलफुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१